नागरिक लगानी कोषले पायो ८२.८४ प्रतिशत हकप्रद शेयर बिक्रीको अनुमति

-



     सफल आवाज    
     पौष ३ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३ पुस । धितोपत्र बोर्डले नागरिक लगानी कोषलाई हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको छ । कोषले ८२.८४ प्रतिशत हकप्रद शेयर बिक्री गर्नका लागि गत भदौ २२ मा धितोपत्र बोर्डसंग अनुमति मागेको थियो ।

कम्पनीले ०.८२८४ अनुपातमा १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर बिक्री गर्नका लागि बोर्डबाट अनुमति पाएको हो । कोषले अब १०० रुपैयाँको दरले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

कोषको अहिलेको चुक्ता पूँजी १ अर्ब ६४ करोड रहेको छ । हकप्रद शेयर बिक्रीपछि कोषको चुक्ता पूँजी ३ अर्ब पुग्ने भएको छ । शेयर निष्काशन तथा बिक्रीका लागि बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।