सवारी साधनको जोरविजोर प्रणाली हट्यो, सुरक्षा सतर्कता पालना गर्न सरकारको अपिल

-



     सफल आवाज    
     पौष ३ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३ पुस । काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर–बिजोर प्रणाली आज शुक्रबारदेखि हटेको छ । जिल्ला प्रशासन कार्यालयले पुस ३ गतेदेखि लागू हुनेगरी जोर÷बिजोर प्रणाली हटाएको हो ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले सूचना जारी गर्दै आजबाट जोर–बिजोर प्रणाली हटाएको जानकारी गराएका हुन् ।
जिल्ला प्राशसन कार्यालय काठमाडौंमा बिहीबार बसेको बैठकमा यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिले सार्वजनिक सवारीमा समेत जोर–बिजोर लागू गर्दा भीड बढेर कोरोना भाइरसको संक्रमणको जोखिम अझ बढेको बताएका थिए ।

मन्त्रिपरिषद्को निर्णयअनुसार असोज १ गतेदेखि उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरिएको थियो ।