आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     पौष ३ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३ पुस । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबार ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८ सयले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी २५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २८० रहेको महासंघले जनाएको छ ।