ज्योति विकास बैंकले १० % बोनस शेयर वितरण गर्ने

-



     सफल आवाज    
     पौष ३ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३ पुस । ज्योति विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस २ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ को लागि हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ४९ करोड ५२ लाख ९३ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएर आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।