एनसीसी बैंकले गर्यो १०.८ प्रतिशत लाभांश घोषणा

-



     सफल आवाज    
     पौष ४ गते २०७७ मा प्रकाशित



काठमाडौं, ४ पुस । एनसीसी बैंकले १०.८ प्रतिशत लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको बैंक संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/२०७७ मा भएको मुनाफा आर्जनबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंक संचालक समितिले १०.२६२५ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिने भएको छ ।

बैंकको अहिलेको चुक्ता पूँजी ९ अब ३५ करोड रहेको छ । बोनस तथा लाभांश वितरण पश्चात चुक्ता पूँजी १० अर्ब ३४ करोड पुग्ने भएको छ ।