
काठमाडाैं, ५ पुस । यूनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरको शेयरकाे आजबाट कारोबार हुँदैछ । कम्पनीको प्रतिशेयर अंकित तथा चुक्ता मूल्य रू १०० कायम भएको ४२ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएपछि आजबाट दोश्रो बजारमा शेयर कारोबार हुन लागेकाे हाे ।
नेप्सेले शुरु कारोबारको लागि प्रति कित्ता मूल्य ९८ रुपैयाँ ७९ पैसा देखि २९६ रुपैयाँ ३७ पैसा तोकेको छ भने कम्पनीको शेयर संकेत UMRH रहेको छ ।

कम्पनीले मंसिरको ३ गते बिक्रीमा ल्याएको मध्य ४३ हजार ६९६ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि, १७ हजार ४७८ कित्ता शेयर कर्मचारीको लागि छुट्याएको थियो । ८ लाख १२ हजार ७३६ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।
कम्पनीको जलविद्धुत योजना कास्कीको ल्वाङ्गघलेलमा रहेको छ । प्रधान कार्यालय पोखरा महानगरपालिका वडा नं १७, लेखनाथमा रहेको छ । सूचिकरण प्रश्चात दिनुपर्ने आरटीएस सेवा ग्लोबल आईएमई क्यापिटल लिमिटेड, जमल काठमाडौंबाट हुने भएको छ ।







काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



