संस्थापक शेयर बिक्री गर्दै कुमारी बैंक

-



     सफल आवाज    
     पौष ५ गते २०७७ मा प्रकाशित



काठमाडौं, ५ पुस । कुमारी बैंकले संस्थापक शेयर बिक्र गर्न लागेको जानकारी दिएको छ । बैंकले संस्थापक शेयरधनीको नामको ५२ हजार ७४२ कित्ता शेयर बिक्री गर्न लागेको हो । यसका लागि पहिलो प्राथमिकता संस्थापक शेयरधनीले पाउने भएका छन् ।

केन्द्रीय बैंकको निर्देशन अनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकतामा संस्थापक शेयरधनीहरु पर्ने भएकोले खरिद गर्न चाहनेले ३५ दिनभित्र शेयर रजिष्ट्रार कुमारी क्यापिटलमा निवेदन दिनुपर्नेछ ।

सो शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकको सूचनामा जनाईएको छ । म्यादभित्र विद्यमान संस्थापकहरुबाट निवदेन नपरेको खण्डमा संस्थापक शेयरधनी भन्दा बाहिर शेयर बिक्रीको प्रक्रियालाई अगाडी बढाउन सकिने बैंकले जनाएकाे छ ।