राष्ट्रपतिद्वारा प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ मा चुनाव

-



     सफल आवाज    
     पौष ५ गते २०७७ मा प्रकाशित



काठमाडौं, ५ पुस । प्रतिनिधि सभा भंग भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा विघटन गर्दै आमनिर्वाचनको मितिसमेत तोकेकी छन् ।

बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए ।

जसअनुरुप राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यताबमोजिम आधार देखाउँदै संसद विघटनको घोषणा गरेकी हुन्।

उनले ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो र २७ गते दोस्रो चरणमा सम्पन्न हुने गरी प्रतिनिधिसभाको निर्वाचन मितिसमेत तोकेकी छन् ।

राष्ट्रिय राजनीतिमा एक्कासी भएको याे फेरबदलपछि सर्वसाधारणबाट प्रधानमन्त्री ओलीको चर्को विरोध भएको छ ।