सरकारलाई आवश्यक साथ चाहिएको हो, अनावश्यक होईन : प्रधानमन्त्री ओली

-



     सफल आवाज    
     पौष ५ गते २०७७ मा प्रकाशित



काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धक्क भएर निर्वाचनको तयारीमा लाग्न निर्वाचन आयोगका आयुक्तहरुलाई निर्देशन दिएका छन् । सरकारलाई आवश्यक साथ चाहिएको हो, अनावश्यक होईन, प्रधानमन्त्री ओलीले भने, सरकार निर्वाचनमा गराउने बाटोमा लागेकोले आयोगको ध्यान निर्वाचनमा केन्द्रीत हुनुपर्छ ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले भने, लोकतन्त्र पक्षधरहरुले निर्वाचनको विरोध गर्दैनन्, विरोध गर्नेहरु लोकतन्त्रका पक्षधर हुन सक्दैनन् । निर्वाचनका लागि रकमको अभाव भए अर्थमन्त्री विष्णु पौडेल तथा सुरक्षाका काम कारबाहीको लागि गृहमन्त्री राम बहादुर थापा वादलसँग समन्वय गर्न भनेका आयोग श्रोतले बताएको छ ।

छलफलका क्रममा आयोगका पदाधिकारीले प्रधानमन्त्री ओलीसँग बजेट, सुरक्षा तथा कर्मचारीको व्यवस्थापन लगायतका विषयमा जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले भने, आरामले काम गर्नुस्, निर्वाचनको तयारीमा लाग्नुस् यो सरकारलाई आवस्यक साथ चाहिएको हो, अनावश्यक होईन, अब आयोगले निर्वाचनको तयारी गर्नुपर्छ ।