नागरिक लगानी कोषको हकप्रद शेयर भर्ने अवधि पुस १३ सम्म मात्रै

-



     सफल आवाज    
     पौष ६ गते २०७७ मा प्रकाशित



काठमाडौं, ६ पुस । नागरिक लगानी कोषको हकप्रद शेयरका लागि शेयरधनीहरुले पुस १३ गतेसम्म आवेदन गर्न सक्ने भएका छन् । कोषले ८२.८४ प्रतिशत हकप्रद शेयर बिक्रीका लागि खुला गरेको अवधि पुस १४ गतेसम्म मात्रै हो । कोषको सञ्चालक समितिको बैठकले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

कोषका अनुसार १ः०.८२८४ को अनुपातमा १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर बिक्री हुन लागेको छ । कोषको प्रतिकित्ता रु. १०० को दरले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन हुँदैछ ।

कोषको हकप्रद शेयर बिक्री भएपछि चुक्ता पूँजी ३ अर्ब पुग्ने भएको छ । हाल कोषमा चुक्ता पूँजी १ अर्ब ६४ करोड रहेको छ । कोषको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङ्गले गर्दैछ ।