करिब १४ हजारले लिए १ अर्ब ३५ करोड कोरोना बीमा भुक्तानी

-



     सफल आवाज    
     पौष ६ गते २०७७ मा प्रकाशित



काठमाडौं, ६ पुस । करिब १४ हजार कोरोना संक्रमितले कोरोना बीमा वापतको रकम भुक्तानी पाएका छन् । पछिल्लो समय बीमा कम्पनीहरुले भुक्तानीको दर बढाएका हुन् ।

आइतबार साझसम्म १३ हजार ८ सय ४८ जनाले भुक्तानी पाइसकेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

कार्यकारी निर्देशक पौडेलका अनुासर २ हजार ४ सय ३३ जनाले पनि आज र भोलिमा नै पाउने गरी काम भइरहेको छ । हालसम्म १ अर्ब ३५ करोड १८ लाख ७५ हजार रुपैयाँ भुक्तानी भइसकेको छ ।
अन्य पाइपलाइनमा रहेकाको पनि भुक्तानी चाडै हुने उनले बताए ।

कतिपयको भने कागजातहरु पुरा नभएको तथा नाम, ठेगाना नमिलेका लगायतका समस्याका कारण पनि भुक्तानीमा ढिलाइ भइरहेको कार्यकारी निर्देशक पौडेल बताउँछन् ।