सानिमा बैंकको ऋणपत्रमा परेन पर्याप्त आवेदन, म्याद थपियो

-



     सफल आवाज    
     पौष ६ गते २०७७ मा प्रकाशित



काठमाडौं, ६ पुस । सानिमा बैंकको ऋणपत्रमा पर्याप्त आवेदन नपरेपछि म्याद थपिएको छ । माग भए अनुसारको पनि आवेदन नपरेपछि ऋणपत्रमा १५ पुससम्म आवेदन दिन सकिने गरी म्याद थपिएकोह ो ।

सानिमा बैंकले पुस १ गतेदेखि वार्षिक ८.५० प्रतिशत ब्याज पाइने ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन मागेको थियो ।

१० वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ।

प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यको ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र खरिदका लागि अब पुस १५ गतेसम्म आवेदन दिन सकिनेछ। निष्काशित कुल ऋणपत्रमध्ये २ अर्ब ४० करोड रुपैयाँबराबरको २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र १ अर्ब ३० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि बाँडफाँट गरिनेछ।

सर्वसाधारणका लागि निष्काशन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी १५ लाख २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतममा १६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।