शेयर बजार ३०.३३ अंकले बढ्यो, अधिकांश समूह हरियाली

-



     सफल आवाज    
     पौष ६ गते २०७७ मा प्रकाशित



काठमाडौं, ६ पुस । साताको दोस्रो दिन सोमबार शेयर बजारका अधिकांश समूहहरु हरियाली देखिएका छन् । सेयर कारोबार मापक नेप्से परिसूचक ३०.३३ अंकले अंकले बढेर एक हजार ९६५ दशमलब ९६ विन्दुमा पुगेको छ ।

कारोबार रकम साढे ६ अर्ब नाघेको छ । नेप्सेका अनुसार ६ अर्ब ६९ करोड ८८ लाख ७४ हजार ३५४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेमा कारोबार हुने कूल १२ उपसमूहमध्ये तीन समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् ।