नबिल बैंकको आकर्षक लाभांश, बोनसमात्रै ३३.५ प्रतिशत

-



     सफल आवाज    
     पौष ७ गते २०७७ मा प्रकाशित



काठमाडौं, ७ पुस । नबिल बैंकले शेयरधनीहरुलाई आकर्षक लाभाशं घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिले गरेको निर्णय मंगलबा नेपाल स्टक एक्सचेञ्ज पठाउने तयारी गरिएको छ ।
बैंकका अनुसार शेयरधनीहरूलाई ३३.५ प्रतिशत बोनस शेयर अर्थात १०० कित्ता बराबर ३३.५ कित्ता र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।