प्रचण्ड-माधव नेपाल पक्षद्वारा ओली अध्यक्षबाट हटाईए

-



     सफल आवाज    
     पौष ७ गते २०७७ मा प्रकाशित



काठमाडौं, ७ पुस । नेकपा अध्यक्ष प्रचण्ड, माधव नेपाल पक्षको आज बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्षबाट हटाईको घोषणा गरेको छ ।

बबरमहलस्थित कार्कि व्यांक्वेटमा आज बेलुका भएको बैठकले ओलीलाई अध्यक्षबाट हटाईएको निर्णय गरेको हो । यसअघि प्रचण्ड, माधव नेपाल पक्षको स्थायी कमिटि बैठकले ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव गरेको थियो ।

पार्टी अध्यक्षबाट ओलीलाई हटाएपछि रीक्त भएको ठाउँमा माधव नेपाललाई लैजाने निर्णय भएको छ ।