
काठमाडौं, ८ पुस । प्राइम लाइफ इन्स्योरेन्सले पुसको २७ गते तेह्रौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको हात्तिसार, काठमाडौंमा रहेको प्रधान कार्यालयमा बोलाईएको साधारण सभा पूर्वान्ह ११ बजेदेखि अनलाइन माध्यमबाट शुरु हुने कम्पनीले जनाएकाे छ ।
सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७५/२०७६ को मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश पारित गर्ने भएको छ । समितिले शेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश तथा ७ प्रतिशत बोनस वितरण गर्न गरेको प्रस्तावलाई सभाबाट पारि गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरणको प्रयोजनार्थ पुस १७ बुक क्लोज गर्ने भएकोले पुसको १६ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार गरी कायम भएका शेयरधनीहरु मात्र लाभांशका लागि हकदार हुनेछन् ।






काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 



