प्रभु लाइफको आईपीओ ५ लाखले नपाउने पक्का, शुक्रबार बाँडफाँड गर्ने तयारी

-



     सफल आवाज    
     पौष ८ गते २०७७ मा प्रकाशित



काठमाडौं, ८ पुस । प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ आवेदन दिएका मध्ये ५० प्रतिशतले मात्रै पाउने भएक छन् । बाँकी ५० प्रतिशतको हात खाली हुने पक्का भएको छ ।
कम्पनीको आईपीओ आगामी शुक्रबार बाँडफाँड गर्ने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको तयारी छ ।

कम्पनीको आईपीओमा १० लाख ८२ हजार आबेदनबाट २ करोड ९३ लाख कित्ता शेयरको लागि २ अर्ब ९३ करोड रुपैयाँ बराबरको आबेदन परेको छ । कम्पनीले सर्वसाधरणलाई निष्काशन गरेको ५४ लाख कित्ताको यो ५।४२ गुणा बढी हो ।

कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले निष्काशनमा ल्याएको थियो ।