आज सुनकाे मूल्य प्रतिताेला ९०० ले ओरालो लाग्याे

-



     सफल आवाज    
     पौष ८ गते २०७७ मा प्रकाशित



काठमाडाैं, ८ पुस । आज सुनकाे मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ । छापावाला सुन मङ्गलबार प्रतितोला रु ९४ हजार ९०० मा कारोवार भएको थियो । प्रतितोला रु ९०० ले आज ओरालो लागी रु ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएकाेमा आज भने प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएकाे छ । यसैगरी चाँदी प्रतितोला रु ५० ले घटेको छ । प्रतितोला रु एक हजार ३१५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २६५ मा कारोवार भएको छ ।