मैले देश र जनताका लागि गरें, प्रचण्ड, नेपाल र खनालले तमासा देखाए : प्रधानमन्त्री ओली

- काम गर्न नदिएर नेतृत्वलाई नै सत्याच्युत गर्न लागे, आफ्नै पार्टीका भनिनेहरु अस्वस्थताको पराकास्टासम्म पुगे

-



     आरजू विष्ट सल्यानी    
     पौष ९ गते २०७७ मा प्रकाशित



काठमाडौं, ९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले अलग्गिएर गएका प्रचण्ड, माधव नेपाल, भलनाथ खनालहरुले केके गरिरहेका छन् र केपी ओलीले सरकारमा बसेर देश र जनताका लागि के गरिरहेको छ दुनियाले छर्लङ्ग देखेको बताएका छन् । मेरो नेतृत्वमा रहेको सरकारले आफ्नो लयमा काम गरिरहेको छ । तर सरकारले देश र जनताको लागि काम गरेको देखिखान नसकेकाहरुले सरकारलाई साघाउनुको सट्टा काम गर्न नदिएर नेतृत्वलाई नै सत्याच्युत गर्न लागेको तमासा देखाई रहेको सबैले देखेको बताए ।

वुधबार राति एउटा टेलभिजन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने नेपालको राजनीति कसरी अगाडी बढीरहेको छ, सरकारलाई कस्ले काम गर्न दिईरहेको छैन, सरकारलाई काम गर्न नदिनेहरुले के तमासा देखाई रहेका छन् सबैलाई थाहा छ । सरकारलाई उस्को काम गर्न दिनुपर्ने र पार्टीको कामको जिम्मेवारीमा रहेकाले पार्टीलाई सहि दिशामा हाँक्नु पर्नेमा उल्टो गतिमा हिडेको र आफ्नै पार्टीका भनिनेहरु अस्वस्थताको पराकास्टासम्म पुगेको बताए । उनले भने, देश र जनताको काममा भन्दा भागबण्डा, यो पुगेन, त्यो पुगेन, भएन भनेर केके गरिरहेको हाे मलाई थाहा छैन ।

हाताहाती चाहिन्छ भन्नेहरुले देशको समय बर्बाद गर्न लागेको ओलीले बताए । उनले भने, सरकार उपलव्धिमूलक ढंगले अगाडी बढेको छ, निर्माणका कामहरु भईरहेका छन्, संसद भवन बन्दैछ, सम्मेलन केन्द्र थिएन, गोदाबरीमा बनिरहेको छ । लुम्बीनीको बाटो ४ लेनको बनाईएको छ । फल लाग्न, फूल फुल्न थालेका छन् । ५ हजार मान्छे अट्ने ध्यान केन्द्र बन्दैछ । तुईन बिस्थापित भएका छन् । हुलाकी बाटो बन्दैछन् । सुरुङ मार्गका काम हुँदैछन् । जलमार्गको बाटोमा गएका छौं । रेल पनि चलाउँदै छौं । सरकार त यसरी चलेको छ । तर सरकार हाँकिरहेको मान्छेलाई टसकोमस हुन नदिने, एउटा पनि राम्रा काम गरेको हेर्न नचाहने, सुन्नै नसक्ने आफ्नै साथीहरुबाट समस्या सिर्जना भयो, प्रधानमन्त्री ओलीले भने ।

आफ्नै भनिएकाहरुबाट गलत कामको शरुआत भएपछि व्यवस्था नरुचाउनेले, शान्ति बाटो नरुचाउनेले, दक्षिणपन्थि शक्ति वा परिचालित शक्तिले सल्बलाउने मौका सिर्जना गरे । विकासको रफ्तारमा विरोध र आलोचना मात्रै भईरह्यो । लगातारको क्रियाकलापले भित्रैबाट भएपनि होकि क्या हो भनेर मान्छेलाई लाग्यो । उहाँहरुले राम्रा कामको पक्षमा सरकारको पक्षमा, राष्ट्रको पक्षमा गरेको त के, राम्रो बोलेको पनि सुन्नु भएन । भित्रबाटै शुरु हुन्छ पहिले बिकृतिको ह्उाण्डओभर र दौडका लागि रुमाल हस्तान्तरण हुन्छ । प्रधानमन्त्री ओलीले भने, यस्तो भएपछि देशलाई अन्याेल, अराजकतातिर जानबाट रोक्ने कि हेरेर बस्ने ? उनले भने, मैले जनातको सर्वोपरी हितलाई ध्यानमा राखेर जनतालाई फैसला गर्न दिन नयाँ जनादेशको लागि त्यसो गरेको हो ।

प्रचण्डहरुलाई मेरो भविष्य खतरामा पारेर रमाउने मन रहेछ । म के भन्छु भने मैले मेरो भविष्यलाई उहिले नै छोडिसकेको हो । देशको भविष्य बचाउन सुगम बाटो हिड्नुपर्छ भनेर त्यो बाटोमा गएको हो । संवैधानिक आयोगहरुको बारेमा मैले एक्लैले गरेर पनि भएन । बैठक बोलाउने कोशिस गर्यौं हुदै भएन । बैठकमा नै नआउने । संवैधानिक परिषदका सदस्यहरु महत्वपूर्ण व्यक्ति हुन । तर संवैधानिक परिषदमा कामै हुन नदिने र काम गर्न सकेन भनेर उल्टै प्रचार गर्नेहरु पनि देखिएको उनले बताए ।

उहाँहरुको गन्तव्य गलत भएको छ । त्यो गन्तव्य देशको लागि, संविधान कार्यान्वयनको लागि त कत्ति पनि भएन । मलाई लाग्छ कि ठीक मान्छे ठीक ठाउँमा परोस भन्ने हो । तर त्यसो भएन । साथीहरुले केन्द्रीय किमिटिमा केपी ओली अल्पमतमा पर्यो भनेर भन्दै हिंडे । मैले त पार्टीलाई एकिकरण गरेर सुदृढ पार्टी बनाउन पहल गरेको हो । देशका लागि गरिएको हो । जब एउटा साझा उदेश्यमा जाने निधो भएको छ भने टाउका गन्नुको अर्थ हुन्छ र ? ओलीले प्रश्न गरे । पार्टीमा के यो पक्ष र उ पक्ष भन्ने हुन्छ र ? त्यो त हुन्न । यस्ता नहुनु पर्ने काम हुनका लागि को कुन कुन पृष्ठभूमिबाट कसरी आएका छन् भन्ने साथीहरुको अभ्यासबाट भएका क्रियाकलापले पनि बताएको उनको भनाई थियो ।

प्रचण्ड जी देशै उलठफेर गर्छु भनेर १७ हजार मान्छे मारेर आएको हो । देश कव्जा गर्छु भनेर आएको हो नि । सर्वहाराको, वर्गिय कुरा गर्नुहुन्छ । तर के मा परिवर्तन गर्नुभयो ? परिवर्तन उहाँका परिवार, नातागोताको लागि भयो होला अरु भने मलाई थाहा छैन, प्रधानमन्त्री ओलीले भने । जस्ले पार्टीका लागि ज्यान दिए तिनलाई हेरेको खोई ? एउटा बच्चा पढाउने कष्ट गर्नुभएको छ ? सन्तान गुमाएका कसैलाई साहारा दिनुभएको छ ? कतै देखिएन । भनाई र गराईमा धेरै गाह्रो हुने रहेछ । उहाँहलाई लोकतान्त्रिक प्रणालीमा आएपछि प्रणालीको सम्मान गर्न पनि ओलीले आग्रह गरे ।

केहि साथीहरु राम्रो काम गरेको हेर्न नपाए, देख्न नपाए हुन्थ्यो भनेर आँखा छोप्ने, सुन्न नपाए हुन्थ्यो भनेर कान थुनेर बस्ने गरेका छन् । मैले त देशलाई विकास गर्न एउटा सबल पार्टीको आवश्यक्ता देखेर, त्यसमा अरुपनि सामेल भएर अगाढी जान सकिन्छ भनेर सकारात्मक विश्वासले अघि बढेको हो । उज्यालो भविष्यका लागि गरेको हो । गएको फागुनबाट उहाँहरु हाताहाती अहिलेको अहिल्यै चाहियो भनेर लाग्नु भयो । महाधिवेशनमा म लड्दिन भनेकै छु । तर उहाँहरुको यहाँ आफिु बाहेक अरु कसैलाई नदेख्ने बानि छ । समय गतिशिल छ, पार्टी पनि गतिशिल हुनुपर्छ भन्ने मेरो मान्यता हो । नेतृत्व पनि त्यस्तै हुनुपर्छ । आफ्ना निम्ति जे पनि गर्ने । पार्टी फुट्नबाट जोगाउनको लागि माधव नेपालका लागि विधान संशोधन गर्नु परेकाे बिर्सेकाे हाे र ? । जस्ले गर्दा नयाँ पंक्ति माथि उठ्नै पाएन, ओलीले भने ।

अनावश्यक कुरामा देश अल्झिन हुन्न । तर अनावश्यक कुरामा अल्झिनु पर्ने अवस्था सिर्जना गरियो, ओलीले भने, देशको समय बर्बादी हुन लाग्यो । संविधान निर्माण ५ महिनामा बन्न सक्थ्यो । यहाँ ७ वर्ष लाग्यो । ६ वर्ष देशको खेर गयो । समय खेर जान नदिनको लागि संसद विघटन गर्नु परेको हो । जो संविधामानमा उल्लेख भएको व्यवस्था अनुसार हो । जस्ले जति कराए पनि संविधान भन्दा बाहिर गएर गरिएको छैन प्रधानमन्त्री ओलीले भने ।

बजारको हल्लाको डंक पिटिएको छ कि उहाँहरुले मलाई निकाल्नु भएको हो रे । खोई मलाई त थाहा छैन, मेरो रुचि पनि छैन । आफुलाई जनताको मनमा बस्नु छ भने कसैले निकाल्न सक्छ भन्ने कुरा मलाई मतलवको कुरा हैन । प्रचण्डले मलाई पार्टी सदस्यबाट निकाल्ने कुरा चार्लि च्याप्लिनको जस्तो कथा भएन र ?

प्रचण्ड कव्जाको रणनीतिमा लागे । पार्टीबाट हटाउने र प्रधानमन्त्रीबाट हटाउने । म माथि आरोप लगाईयो । अरोप पत्रमा अदालतको मानमर्दन गरिएको छ । राष्ट्रपतिलाई मानमर्दन गरिएको छ ।

म स्वयं प्रचण्डकहाँ गएर केहि बिग्रेको छैन । सरकारलाई काम गर्न दिनुस भनेको हो । अनेक समस्या छन् । कोभिड १९ को समस्या छ र सरकार यस्का लागि हिडिरहेको छ । आफ्नो भूमि गाभेर नक्शामा राखेको छ । राष्ट्रको नक्शा राष्ट्रको भूगोलसंग अखण्डतासंग जोडिएको कुरा हो ।

प्रचण्ड, माधव नेपाल, भलनाथ खनाललाई यो तमासा नगर्नुस भनेको छु । प्रम ओलीले भने, मिलेर जाने बेलामा झन अलग भएर जाने ? चुनाव घोषणा गरेको बेलामा आफ्नै पार्टीको अध्यक्षलाई हटाउने घोषणा गरेको कहि देख्नु भएको छ ? यो तमासा किन गरेको हो । गलत काम छोडौं भनेकाे हो मैले, उनले भने

मैले अहिलेसम्म पार्टी फुटेको अलग भएको भनेको छैन । तर मलाई उहाँहरुको हालत के हुन्छ त्याे थाहा छ । जनतासंग, चुनावसंग डर छ । उहाँहरु थरर काँपेको त्यसै पनि बुझिन्छ । मैले दिएको केन्द्रीय कमिटको सोली माथिबाट तलसम्म मिलेको छ । विभाजन माधव, झलनाथ, नारायणकाजिसंग होईन प्रचण्डसंग हो । उहाँ आफ्नो बाटो जानु भो । केहि लानु भो केहि उताका मसंग आए । दुईजना अलग भएको हो । माधव जी प्रचण्डको कार्यकर्ता भएर गए उनकै सम्पतिमा रमाउन सिक्नुपर्छ, । नेपाल कम्युनिष्ट पार्टीमा त्यस्ताकाे लागि ठाउँ छैन ।

प्रधानमन्त्री ओलीले बाहिर जेसुकै भनेपनि तोकिएको मितिमा निर्वाचन हुने भएकोले ढुक्क भएर चुनावमा लाग्न सबैलाई अपिल गरे । उनले भने, बाहिर बाहिर कराउनेहरू भित्रभित्र उम्मेदवार छान्न थालेका छन् ।