नेप्सेले बोलायो साधारणसभा, ५० प्रतिशत लाभांश पारित गर्ने

-



     सफल आवाज    
     पौष ९ गते २०७७ मा प्रकाशित



काठमाडौं, ९ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले साधारणसभा आह्वान गरेको छ । नेप्सेले आगामी २९ गतेका लागि साधारण सभा बोलाएको हो । साधारणसभाबाट गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाइ ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

साधारणसभा प्रयोजनको लागि नेप्सेले पुस १८ गते बुकक्लोज गर्ने भएको छ। नेप्सेले २० प्रतिशत बोनस र ३० प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको हो ।