एचआइडीसीएलले बोलायाे साधारण सभा, नयाँ सञ्चालक पनि चयन गर्ने

-



     सफल आवाज    
     पौष ९ गते २०७७ मा प्रकाशित



काठमाडौं, ९ पुस । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफनोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गर्ने एजेन्डा बनाएको छ । सभाबाट सर्वसाधारण सेयरधनीबाट एक जना सञ्चालकको निर्वाचन पनि हुनेछ । यस्तै, सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा भुक्तान गरिएको ५० लाख रुपैयाँ सहयोग अनुमोदन गर्ने प्रस्ताव पनि रहेको छ । कम्पनीले साधारण सभाका लागि पुस १७ गते बुक क्लोज गर्नेछ । पुस १६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।