शेयर बजार राताम्मे, काराेबार रकम पनि घट्याे

-



     सफल आवाज    
     पौष ९ गते २०७७ मा प्रकाशित



काठमाडौं, ९ पुस । विहीबार शेयर बजार २९.८३ अंकले घटेर बन्द भएको छ । कारोबार रकम पनि ५ अर्ब ३६ करोडमा सिमित भएको हाे । हिजाे बुधबार करिब ७ अर्बको काराेबार भएको थियोे ।

विहीबार होटल र व्यापार समूहबाहेकका सबै नेप्से उप सूचकांकमा गिरावट देखिएको छ । निर्जीवन बीमा सूचकांकमा १४२.४९ अंकको गिरावट देखिएको छ भने जीवन विमा सूचकांकमा ४३१.८७ अंकको गिरावट देखिएको छ ।