सिर्जना फाइनान्सले २७.८६ प्रतिशत लाभांश बितरण गर्ने

-



     सफल आवाज    
     पौष ९ गते २०७७ मा प्रकाशित



काठमाडौं, ९ पुस । सिर्जना फाइनान्स लिमिटेडको आज बसेको सञ्चालक समितिको २३७ औं बैठकले संस्थाका शेयरधनीहरुलाई २७.८६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

आर्थिक वर्ष २०७६/२०७७ सम्मको बितरण योग्य मुनाफाबाट चुक्ता पूँजी ८४ करोड ७८ लाख ३८ हजार ८८० को १४.२७ प्रतिशत अर्थात रु. १२ करोड ९ लाख ५४ हजार ७६७ रुपैयाँ ८७ पैसा लाभांश वितरण गरिने भएको हो ।

यस्तै चुक्ता पूँजीको १३.५९ प्रतिशतको दरले हुने रु ११ करोड ५१ लाख ९५ हजार १७ पैसा बोनस शेयर, सो मा लाग्ने कर प्रयोजनको लागि ५७ लाख ५९ हजार ७५१ रुपैयााँ नगद लाभांश बितरणको प्रस्ताव सर्वसम्मतिले पारित गरी स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।