प्रभु बैंकको ‘बुक क्लोज’ आज, शेयर मूल्य समायोजन

-



     सफल आवाज    
     पौष १० गते २०७७ मा प्रकाशित



काठमाडौं, १० पुस । प्रभु बैंकको ‘बुक क्लोज’ आजदेखि हुँदैछ । प्रभु बैंकले पुस २६ गते बस्ने साधारण सभाको लागि आज पुस १० गते शुक्रबार बुक क्लोज गरेको हो ।

जसअनुसार बिहीबार पुस ९ गतेसम्म कायम सेयरधनीले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् । बैंकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

प्रभु बैंकको सेयर मूल्य समायोजन समेत भएको छ । नेप्सेले बैंकको १०५ बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य ३४१ रुपैयाँ निर्धारण भएको छ । यहि मूल्यलाई आधार मानेर आइतबार बैंकको सेयर कारोबार खुल्नेछ ।