
काठमाडौं, १० पुस। कोरोना बीमा वापतको रकम करिब १६ हजारले पाएका छन् । शुक्रबार बिहानसम्म कोरोना बीमा वापतको रकमको १५ हजार ८ स ८९ जनाले चेक बुझेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
उनका अनुसार हालसम्म कुल एक अर्ब ५५ करोड ११ लाख ७५ हजार रुपियाँ कोरना बीमा दाबी रकम भुक्तानी भइसकेको छ। बीमा दाबी गर्नेमध्ये दुई हजार ६८६ जनाको फाइल स्वीकृति हुने प्रक्रियामा रहेको जनाइएको छ।
आवश्यक काजपत्र पूूरा नभएका कारण दुई हजार ५३ वटा फाइल सम्बन्धित कम्पनीमा फिर्ता पठाइएको छ। ७६ वटा फाइल दोहोरो परेका कारण भुक्तानी दाबी प्रक्रियाबाट बाहिरिएका छन् ।
अझै तीन हजार ७९८ परीक्षणको प्रक्रियामा छन् । अर्थ मन्त्रालयले बीमा दाबी भुक्तानी गरेको विवरण बारम्बार माग गर्न थालेपछि भुक्तानी हुने क्रम बढेको हो।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



