
काठमाडौं, १० पौष । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले आफ्नो नयाँ डिजिटल प्रोडक्ट स्मार्ट क्यूआर आजबाट सञ्चालनमा ल्याएको छ । विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाहरुको प्राप्तिमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकिकृत गर्न सक्ने गरी यस किसिमको क्वीक रेस्पोन्स कोड पेमेन्ट प्लाटर्फम स्मार्ट क्यूआर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको नगदरहित कारोवार प्रणालीको प्रवद्र्धन गर्ने योजनालाई प्रोत्साहन गर्दै वित्तीय कारोवार अघि बढाउने नीति अनुरुप विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थालाई विश्वस्तरीय, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्न यो प्रणाली सक्षम रहेको बताइएको छ ।
मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा योगदान गर्ने कम्पनीको नीति र प्रतिबद्वता अनुसार यो सेवा सञ्चालनमा ल्याईएको हो । परम्परागत प्रणालीलाई स्तरोन्नती गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्धन गर्ने कम्पनीको मुख्य लक्ष्य रहेको कंपनीले जनाएकाे छ ।
स्मार्ट क्युआरको सञ्चालनमा आइएमई पे, प्रभु पे, क्यु पे जस्ता स्वदेशी भुक्तानी सेवा प्रदायक र अन्र्तराष्ट्रिय संस्था युनियन पे इन्टरनेशनलको समेत सहकार्य तथा साझेदारी रहेको हुँदा यसको वृहत्तर पहुँच रहेको छ । साथै युनियन पे इन्टरनेशनलसँग आबद्ध खल्ती, मो बैंक जस्ता विभिन्न भुक्तानी सेवा प्रदायकले पनि स्मार्ट क्युआरको माध्यमबाट भुक्तानी प्राप्त गर्न सक्नेछन् । आगामी दिनमा यस प्रकारको सेवा प्रदान गर्ने स्वदेशी तथा बिदेशी संस्थाहरुको अधिक संलग्नता गराँउदै यसको पहुँचलाई अझै बिस्तार गर्दै लैजाने कम्पनीको लक्ष्य रहेको छ ।

स्मार्ट क्युआरको प्रयोगबाट ग्राहकलाई छिटो र सरल किसिमले क्युआर कोड स्क्यान गरी विविध आवश्यकता बमोजिम सेवा र सुविधाहरुको उपयोग गर्न सजिलो हुनेछ । विशेषतः यस क्वीक रेस्पोन्स कोड पेमेन्ट प्लाटर्फममा आबद्घ भएका बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरुले इएमभी को स्टान्डर्ड स्टाटिक वा डायनामिक क्युआर कोड जेनेरेट गरी स्वदेशी तथा बिदेशी क्युआरसी पेमेन्ट सर्भिसहरुको बीचमा पनि सहजै एकिकृत कारोवार गराउन सकिने ब्यबस्था गरिएको छ ।
ग्राहकबर्ग र ब्यवसायी दुबैलाई सहज
विभिन्न मोबाइल वालेट प्रयोग गर्ने ग्राहकहरुले अब स्मार्ट क्युआरको एउटै क्युआर पेमेन्ट टर्मिनल स्क्यान गरी सहजै भुक्तानी गर्न सक्ने भएका छन । ब्यवसायीले एउटा स्मार्ट क्युआरको क्युआर पेमेन्ट टर्मिनल राखेर विभिन्न वालेट प्रयोगकर्ताको भुक्तानी स्वीकार गरी एकिकृत कारोबार गर्न सक्नेछन् ।
ब्यवसायीहरुको थप सुबिधाको लागि स्मार्ट क्युआरले स्मार्ट क्युआर मर्चेन्ट मोबाइल याप् गुगलको एन्डोइड र एपलको आईओएस गरी दुबै प्लाटर्फममा उपलब्ध गराएको समेत बताइएकाे छ । यो याप् मार्फत व्यापारीले सहजै सबै कारोबारको बिवरण एकै ठाँउमा हेर्न र म्यानेज गर्न सक्नेछन् । ब्यवसायीले प्राप्त गर्ने रकमलाई यसै याप् मार्फत सिधै बैंकमा जम्मा गर्न सक्ने ब्यबस्था रहेको बताइएको छ ।
स्मार्ट क्यूआर प्रयोगकर्तालाई १५ प्रतिशत सम्मको छुट अफर
स्मार्टच्वाइस टेक्नोलोजिजले आफ्नो नयाँ प्रडक्ट स्मार्ट क्युआरको शुरुवातका अवसरमा प्रयोगकर्ताका लागि बिभिन्न मल, डिपार्टमेन्ट स्टोर र रेष्टुरेण्टहरुमा १५ प्रतिशत सम्मको छुट अफर सार्वजनिक गरेको छ । यो अफर अन्र्तगत वालेट प्रयोगकर्ताले सेल्सबेरी,डेली ग्रोसरी, न्यु मार्ट, जस्ता डिपार्टमेन्ट स्टोर र ग्यापु, मुन्चा, तथा इन्फीस्टोर जस्ता अनलाइन स्टोरबाट १५ प्रतिशत सम्मको छुट पाउनेछन् । यसका अलावा काठमाडौं उपत्यका भित्रका ५० भन्दा बढी रेष्टुरेण्ट मा समेत वालेट प्रयोगकर्तालाई १० प्रतिशत छुटको सुबिधा रहेको स्मार्टच्वाइस टेक्नोलोजिजका कामु प्रमुख कार्यकारी अधिकृत दिपेश मास्केले सफल आवाजलाई बताएका छन ।