प्रधानमन्त्री ओलीले बाेलाए मन्त्रीपरिषद् बैठक

-



     सफल आवाज    
     पौष १० गते २०७७ मा प्रकाशित



काठमाडौं, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेलुका मन्त्रीपरिषदकाे आकस्मिक बैठक बोलाएका छन् । बैठक बेलुकी ६ वजे बोलाईएको छ ।

संसद विघटन भएपछि बस्न लागेको मन्त्रीपरिषदको पहिलो बैठकमा मन्त्रीमण्डल हेरफेर लगायतका विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि ७ जना मन्त्रीले सामुहिक राजिनामा दिएका थिए ।

यसअघि आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो। भण्डारीले तत्काल उक्त सिफारिस अनुसार संसद विघटन गरी मध्यावधी चुनावकाे मिति ताेकेकी थिइन ।