सर्वोच्चले माग्याे सक्कल फाइल, संसद बिघटनका बारे कारण देखाऊ आदेश जारी

-



     सफल आवाज    
     पौष १० गते २०७७ मा प्रकाशित



काठमाडाैं, १० पुस । सर्वोच्च अदालतले संसद बिघटनका बारेमा आज कारण देखाऊ आदेश जारी गरेको छ। साथै संसद विघटनका बारेमा भएकाे सक्कल फाइल पेश गर्न आदेश दिएकाे छ ।संवैधानिक इजलासमा भएको सुनुवाईमा कारण देखाऊ आदेश जारी भएको हाे ।

सर्वोच्चले नेपाल बार तथा सर्वोच्च बार एशोसियनबाट एमिकस क्यूरी माग्न र पुस १९ गते सम्ममा लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतले राष्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट प्रतिनिधिसभा विघटन गर्ने निर्णयको सक्कल फाइल मगाउन आदेश दिएको हाे । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा बसेको इजलासले उक्त आदेश दिएको हाे ।