नाम, चुनाव चिन्ह ओलीपक्षले पाउने कुनैआधार छैन : प्रचण्ड

-



     सफल आवाज    
     पौष १० गते २०७७ मा प्रकाशित



काठमाडौं, १० पुस । नेकपाका अध्यक्ष प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी नेकपाको लोगो, नाम र चुनाव चिन्ह ओली पक्षले पाउने कुनै प्रकारको आधार नरहेको दावी गरेका छन् । आज काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो दाबी गरेका हुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको निर्मम तवरले हत्या गरेको आरोप लगाएका छन् । साथै उनले संविधानको अपहरण गरेर ओलीले असंवैधानिक काम गरेको बताए ।

प्रचण्डले आजै निर्वाचन आयोगमा २९५ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर सहितको पत्र बुझाएको पत्रकारहरुलाई जानकारी दिए । हामीसंग ७० प्रतिशत छ, ओलीतिर ३० प्रतिशत छ, अब दुई तिहाई बहुमतले नपाएर ३० प्रतिशतले हक पाउँछ ? उनले प्रश्न गरे । प्रचण्डले दुई तिहाईको केन्द्रीय कमिटि रहेको आफ्नो पक्षले पार्टीको लोगो, चुनाव चिन्ह तथा पार्टीको नाम पाउने प्रशस्त आधार रहेको जिकिर गरे ।

संविधानतः बहुमतको कदर नगरी असंवैधानिक तवरले दुस्साहस गरिएको छ । उनले भने, लोकतन्त्रको हत्या हुस्साहसको परिणाम हो । सबैले छलफल गरेर संविधान बनाएको हो तर अहिले छलफल नै नगरी संवैधािनक अधिकार खोस्ने काम ओलीले गरेको बताए ।

प्रचण्डले पार्टीमा ओलीले नाटक गरिरहेको पनि आरोप गााएका छन् । अहिले पार्टीमा नाटक भईरहेको छ । उनले भने, ३२५ जना हामी एकातिर छौं, उतातिर १०० को हाराहारीमा जोरजुलुम गरेर १ हजार १९९ संख्या पुगेको घोषणा गर्नु जस्तो अलोकतान्त्रिक पक्ष अरु केहि हुन नसक्ने बताए । उनले, भने संविधानलाई कुल्चिने काम भएको छ । हामी दुई तिहाईले निर्वाचन आयोगमा पुगेर चुनाव चिन्ह, लोगो र नाम हाम्रो पक्षमा मागेका छौं, हामीले चारिहेका छौं कि अर्को दुर्घटना नहोस् ।