ब्रोकर कमिशन ३३ प्रतिशतले घट्यो, आइतबारदेखि नै घटेकाे कमिशनमा काराेबार हुने

-



     सफल आवाज    
     पौष १० गते २०७७ मा प्रकाशित



काठमाडौं, १० पुस । शेयर लगानीकर्ताहरुका विभिन्न संगठनहरुले माग गर्दै आएको माग अन्ततः सुनुवाई भएको छ । याे व्यवस्थाले विशेषगरी नयाँ लगानीकतार्हरूलाई बजार प्रवेशकाे लागि प्राेत्साहन मिल्ने अपेक्षा गरिएकाे छ ।

नेपाल धितोपत्र बोर्डले आउने आइतबारदेखि लागू हुनेगरी ब्रोकर कमिसन घटाएको जानकारी दिएकाे छ । बोर्डका प्रबक्ता निरज गिरीले ब्रोकर कमिसन ३३ प्रतिशतले घटेको जानकारी दिएका छन् ।

धितोपत्र बजारको सुधार तथा विकासको क्रममा धितोपत्र दलाल व्यवसायीले साना लागनीकर्ताहरुलाई कारोबार गरेबापत लिदैं आएको न्युनतम शुल्कमा ६० प्रतिशत, सरकारी तथा संस्थागत ऋणपत्र, सामुहिक लगानीकोषको इकाई तथा अन्य धितोपत्रको खरिद बिक्रीको कारोबारमा लाग्दै आएको शुल्कमा ५० प्रतिशत र संगठित संस्थाको शेयरको खरिद बिक्रीमा ३३ प्रतिशत कम हुने गरी पुनरावलोकन गरिएको छ।

यो व्यवस्थाले धितोपत्रको कारोबारमा बृद्धि हुने र नयाँ लगानीकर्तालाई बजार प्रवेशको लागि प्रोत्साहन हुने, धितोपत्र बजार गतिशिल हुने बोर्डले अपेक्षा गरेको प्रवक्ता निरज गिरीले जानकारी दिएका छन् ।

यसअघि अध्यक्ष भीष्मराज ढुङ्गानाले महत्वपूर्ण विषयलाई छिटाे टुङ्ग्याउने गरी काम भइरहेको जानकारी दिएका थिए । पुँजीबजार देशको अर्थतन्त्रको ऐना भएको बताउँदै उनले धितोपत्र बजार सूचनामा आधारित बजार भएको बताएका छन् ।