नयाँ मन्त्रीहरूले आजै लिए पद तथा गोपनियताको सपथ, केहीकाे जिम्मेवारी हेरफेर(सूची)

-



     सफल आवाज    
     पौष १० गते २०७७ मा प्रकाशित



काठमाडाैं, १० पुस । नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनियताको सपथ लिएका छन्।प्रतिनिधि सभा विघटन गरेपछि रिक्त स्थानमा  प्रधानमन्त्री केपी शर्मा ओलीले आज नयाँ मन्त्रीहरू थप गरेका हुन । ।

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाइ बिदा गरिएकाे छ । पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझीलाई उर्जा मन्त्रालय दिईएको छ । मणि थापा खानेपानी, प्रभु साहलाई शहरी विकास, प्रेम आलेलाई वन मन्त्रालय, गणेश ठगुन्नालाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

यस्तै गौरी शंकर चौधरीलाई श्रम, दावा लामालाई युवा तथा खेलकुद, जुली कुमारी महतोलाई महिला बालबालिका मन्त्रालय दिईएको छ । विमला विश्वकर्मालाई उद्योग राज्यमन्त्री बनाईएको छ भने भानुभक्त ढकाललाई पर्यटन मन्त्रालयमा हेरफेर गरिएको छ ।

हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयमा हेरफेर, लीलानाथ श्रेष्ठलाई कानून, शिवमाया तुम्बाहाङ्फेलाई भूमिसुधार मन्त्रालय दिईएको छ । पद्मा अर्यालको भागमा कृषि मन्त्रालय र कृष्ण गोपाल श्रेष्ठलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिईएको छ । स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री नियुक्त भएका छन ।

यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन्। भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन । साथै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।