महासंघ गण्डकीको अध्यक्षमा सञ्जिव कोईराला विजयी

- सबैलाई साथमा लैजाने मेरो प्रयत्न रहिरहनेछ : कोईराला

-



     सफल आवाज    
     पौष १२ गते २०७७ मा प्रकाशित



पोखरा, १२ पुस । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको चाैथाे प्रदेश सभा तथा तेश्राे अधिवेशनबाट अध्यक्षमा सञ्जीव बहादुर कोइराला निर्वाचित भएका छन् । कोईरालाले प्रतिष्पर्धि हरिओम शर्मालाई पछाडी पार्दै विजयी भएका हुन । कोईरालाले जिल्ला, वस्तुगतबाट ४० भोट पाए भने उनका प्रतिष्पर्धि शर्माले १३ भोट मात्र ल्याएका थिए ।

संघको उपाध्यक्षमा ओमप्रसाद पौडेल विजयी भएका छन् । पौडेल वाणिज्यतर्फका हुन । मोतीप्रसाद पौडेल वस्तुगत तथा एसोसिएटतर्फको उपाध्यक्ष चयन भएका छन् ।

कोषाध्यक्षमा श्रवणकुमार जोशी विजयी भएका छन् । यस्तै जिल्ला नगर सदस्यमा उत्तमकुमार कर्माचार्य, धर्मराज बस्याल, मंगलप्रसाद श्रेष्ठ, युवराज राजभण्डारी, लिलाबहादुर अधिकारी विजयी भएका छन् । एसोसिएट सदस्यमा भने सूर्य बहादुर भुजेल विजयी भएका छन् ।

शनिबार राति मतपरिणाम सार्वजनिक भएपछि नवनिर्वाचित अध्यक्ष कोईरालाले आफु सधैं व्यवसायीको पक्षका लड्दै आएको र यो क्रमलाई कहिल्यै नटुटाउने प्रतिवद्धता व्यक्त गरे । मैले यसअघि पनि भन्दै आएकाे र सो अनुसार गर्दै आएको पनि हो, उनले भने, व्यावसायीक हित र उद्योग व्यवसायलाई फस्टाउने मार्गमा सबैलाई साथमा लैजाने मेरो प्रयत्न रहिरहने छ ।