प्रदेश १ सरकारमा शुरु भयो विवादः मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी

-



     सफल आवाज    
     पौष १२ गते २०७७ मा प्रकाशित



विराटनगर, १२ पुस । प्रतिनिधिसभा विगठन पछि शुरु भएको सत्तारुढ दल नेकपाको कलह संघीय सरकारपछि अब प्रदेश सरकारमा पनि देखिन थालेको छ । वागमती प्रदेशमा मूख्यमन्त्री डोरमणी पौडेलका विरुद्द प्रदेशसभामा अविस्वासको प्रस्ताव दर्ता भइसकेको छ ।

अब प्रदेश एकका मूख्यमन्त्री शेरधन राईका विरुद्ध समेत अविस्वासको प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो पदमुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले मन्त्री आङ्बोलाई पदमुक्त गरेका हुन् ।

नेकपा ओलीका मुख्यमन्त्री राईले प्रचण्ड–नेपाल समूहका समूहमा आङ्बोलाई पदमुक्त गरे । संविधानको धारा १६९ को ९२० (ख) बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको उनका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिएका छन् ।

पदमुत्तः भएपछि आङ्वाले अविस्वासको प्रस्ताव ल्याउन आफूलाई अब सहज भएको प्रतिक्रिया दिएका छन् । उनले चाडै अविस्वासको प्रस्ताव प्रदेशसभामा दर्ता हुने बताएका छन् ।