लघुवित्तकाे श्रोतको समस्या दीर्घकालिन रुपमै समाधान हुने

- गैरबैंकिङ संस्थाबाट पनि ऋण लिन सक्ने

-



     सफल आवाज    
     पौष १२ गते २०७७ मा प्रकाशित



काठमाडौं, १२ पुस । कर्जा लगानीका लागि श्रोतको अभाव झेलिरहेका लघुवित्त वित्तीय संस्थाहरुलाई दीर्घकालिन समस्या समाधानको प्रयास भएको छ । अर्थमन्त्रालयले लघुवित्तको श्रोतको समस्या समाधान गर्ने गरी गैरबैंकिङ संस्थाबाट पनि ऋण लिन सक्ने व्यवस्था गर्ने भएको छ ।

‘कार्यविधि बनिसकेको छ, अब चाडै यो सुविधा लघुवित्तहरुले पाउनेछन्’ अर्थका एक अधिकारीले सफल आवाजसँग भने । अहिलेसम्म वाणिज्य बैंक मात्र कर्जाको स्रोत रहेको छ । यो व्यवस्था भएपछि लघुवित्त कोषका लागि वैकल्पिक व्यवस्था हुने ति अधिकारी बताउँछन् ।

कर्जा लगानी गर्न वैकल्पिक स्रोतको माग गरिरहेका लघुवित्त वित्तिय संस्थाहरूलाई अर्थ मन्त्रालयले गैरबैंकिङ क्षेत्रबाट स्रोत खोजी गर्न बाटो खुलाइ दिएको छ ।

अर्थ मन्त्रालयले लघुवित्तहरूका लागि नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषजस्ता गैरबैंकिङ क्षेत्रबाट पनि स्रोतको जोहो गर्न पाउने गरी बाटो खुला गरेको हो ।