चिनियाँ कम्युनिष्ट पार्टीको टोली नेपाल आउँदै

-



     सफल आवाज    
     पौष १२ गते २०७७ मा प्रकाशित



काठमाडौं, १२ पुस । राजनीतिक संकट चुलिएको बेलामा नेपालप्रति छिमेकी मुलुकहरुको चासो बढ्न थालेको छ । यसैक्रममा छिमेकी मुलुक चिनबाट आइतबार एक उच्च अधिकारीहरुको चार सदस्यीय टोली नेपाल आउन लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपामा आएको विभाजन, मनमुटाव, आरोप प्रत्यारोप र उत्पन्न हुन सक्ने राजनीतिक अस्थिरताका बारेमा वास्तविकता बुझ्नका लागि चाइनीज टोलि नेपाल आउन लागेको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभाग उपमन्त्री कुओ यचौ, अन्तराष्ट्रिय विभाग महानिर्देशक छुई यानसहितको टोली मध्यान्हमा काठमाडौं आईपुग्ने बताईएको छ । चिनियाँ पक्षले भ्रमणको बारेमा केही नबताए पनि नेपालमा दुई तिहाइको सरकारमा आएको खटनपटन र पार्टी विभाजनका बारेमा कुरा बुझ्न आउन लागेको सहजै अनुमान लगाउन सकिन्छ ।