प्रदेश १ का ३ मन्त्रीले दिए राजीनामा

-



     सफल आवाज    
     पौष १२ गते २०७७ मा प्रकाशित



काठमाडौं, १२ पुस । प्रदेश १ का ३ जना मन्त्रीहरुले राजीनामा दिएका छन् ।

राजीनामा दिनेहरुमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वास हुन् ।

आइतबार बिहान मुख्यमन्त्री समक्ष उनीहरुले वर्तमान राष्ट्रिय राजनीतिका घटेका घटनाक्रमका कारण वर्तमान प्रदेश सरकारको मन्त्री/राज्यमन्त्रीको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेको राजीनामापत्रमा व्यहोरा उल्लेख गरेका छन् ।

मुख्यमन्त्री शेरधन राईका विरुद्ध समेत अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भइरहँदा उनले यसअघि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो पदमुक्त गरेका छन् ।

मुख्यमन्त्री राई नेकपामा ओली निकट मानिन्छन् ।