इन्फ्रास्ट्रक्चर बैंकले पायो ८ अर्बको आइपीओ निष्काशन स्वीकृति

-



     सफल आवाज    
     पौष १२ गते २०७७ मा प्रकाशित



काठमाडौं, १२ पुस । नेपाल धितोपत्र बोर्डले नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई साधारण शेयर (आइपीओ) निष्काशनका लागि स्वीकृती दिएको छ ।

बैंकले अहिलेसम्मकै ठूलो ८ अर्ब रुपैयाँ बराबरको आइपीओ बिक्रीको लागि अनुमति प्राप्त गरेको हो । आइपीओ निष्काशनको लागि बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियुक्त भएको छ । चुक्ता पूँजी १२ रहेको बैंकको शेयर बिक्रीपछि पूँजी २० अर्ब पुग्ने भएको छ ।

यस आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १८ करोड १ लाख १३ हजार नाफा आर्जन गरेको छ । बैंकको सुरक्षित कोषमा १ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ रहेको जनाएकाे छ ।