शेयर बजारमा पहिरोः परिसूचकसँगै कारोबार रकम पनि घट्यो

-



     सफल आवाज    
     पौष १२ गते २०७७ मा प्रकाशित



काठमाडौं, १२ पुस । साताको पहिलो दिन आइतबार शेयर बजार घटेर राताम्मे देखिएको छ । शेयर बजारमा करिब ४० अंकको पहिरो जाँदा कारोबार रकम पनि घटेको छ ।

आइतबार नेप्से परिसूचक ३९.९८ अंकले घटेर एक हजार ९९१ दशमलब ६५ विन्दुमा थामिएको छ । कारोबार रकम पनि साढे ४ अर्बमै थामियो । दिनभर ४ अर्ब ५१ करोड ३१ लाख ९९ हजार ९९० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।