गरिमा विकास बैंकद्वारा लाभांश प्रस्ताव, बाेनस कति ?

-



     सफल आवाज    
     पौष १२ गते २०७७ मा प्रकाशित



काठमाडौं, १२ पुस । गरिमा विकास बैंक ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको पुस १० गते शुक्रबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुस १० गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १३ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार रहेको छ । सोही पूँजीको आधारमा लाभांश वितरण गर्ने तयारी कम्पनीले गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश वितरणयोग्य हुनेछ ।