स्वदेशी लघुवित्त वित्तीय संस्थाकाे साधारण सभा माघ ४ मा, कस्ता छन् एजेण्डा ?

-



     सफल आवाज    
     पौष १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ पुस : स्वदेशी लघुवित्त वित्तीय संस्थाले माघ ४ मा साधारण सभा डाकेको छ । संचालक समितिको बैठकले संस्थाको छैंटौ साधारण सभा सुनसरीस्थित पाथिभरा होटलमा बिहान ९ वजेदेखि आव्हान गर्ने निर्णय गरेकाे हाे ।

संस्थाको सभामा आर्थिक वर्ष २०७६/२०७७ को सञ्चालन समितिको प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, २०७७ असार मसान्तसम्मको हिसाब किताब, वर्ष २०७६/२०७७ को नाफा नोक्सान तथा नगद प्रवाह लगायतका विवरण माथि छलफल गरी पारित गरिने भएको छ ।

यस्तै स्वदेशी लघुवित्त वित्तीय संस्था र एनआइसी एशिया लघुवित्त वित्तीय संस्था एकापसमा गाम्ने/ गाभिने (मर्जर) विषयमा छलफल गरी पारित गरिने भएको छ ।

दुबै संस्थाको सम्पत्ति दायित्व र कारोबारको मूल्याङ्कन, शेयर आदान प्रदान अनुपातका बारेमा छलफल गरी पारित गरिने भएको छ । मर्जरका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका छलफलका एजेण्डा रहेका छन् ।