मुक्तिनाथको ‘बुक क्लोज’ नेप्सेले गर्यो शेयरमूल्य समायोजन

-



     सफल आवाज    
     पौष १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ पुस । मुक्तिनाथ विकास बैंकको साधारणसभा प्रयोजनका लागि ‘बुक क्लोज’ भएको छ । ‘बुक क्लोज’ भएसँगै सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले शेयरमूल्य समायोजन समेत गरेको छ।

गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभाका लागि सोमबार बुकक्लोज गरेसँगै नेप्सेले बोनसलाई समायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको हो।

नेप्सेले मुक्तिनाथ विकास बैंकको ११.२५ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता शेयरमूल्य ३४१ रुपैयाँ कायम गरेको छ।

नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्यका आधारमा मुक्तिनाथको शेयरमूल्य समायोजन गरेको हो। आइतबार दोस्रो बजारमा मुक्तिनाथको शेयर प्रतिकित्ता ३७९ रुपैयाँमा र सानिमा माईको ३३८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

मुक्तिनाथले हाल कायम चुक्ता पूँजीको ११.२५ प्रतिशतका दरले बोनस शेयर र ४.२५ प्रतिशतका दरले नगद लाभांश गरी कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित पुस २५ गते चौधौँ वार्षिक साधारण सभा डाकेको छ। बैंकको सो सभा होटल पोखरा ग्राण्ड, पार्दी, विरौटमा बिहान ११ बजे शुरु हुनेछ।