मितेरी, लुम्बिनी विकास बैंक र एनएमबि लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     पौष १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ पुस । बैंक तथा वित्तीय संस्थाहरुले यतिबेला धमाधम साधारणसभा बोलाइरहेका छन् । साधारणसभा प्रयोजनका लागि शेयरधनी किताब बन्द गर्ने क्रम पनि निरन्तर छ ।

मुक्तिनाथ विकास बैंकले आज बुक क्लोज गरिसकेको छ भने दुई विकास बैंकहरु र एक लघुवित्तको भोलि हुनेछ । यसको लाभांश सुरक्षित गर्नका लागि आजसम्म शेयर किन्न सकिन्छ ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले नागरिक लगानी कोषको हकप्रद तथा लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र एनएमबि लघुवित्तको लाभांश प्राप्त गर्न सक्नेछन् ।

मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २७ गते साधारण सभा आयोजना गर्ने भएको छ। उता लुम्बिनी विकास बैंकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित वितरण गर्ने प्रस्तावसहित पुस २६ गते साधारण सभा डाकेको छ।

यसैगरी एनएमबि लघुवित्तले पनि पुस २७ गते नै साधारण सभा बोलाएको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न सो सभा बोलाएको हो।