सुनकाे मूल्य उकालो लाग्यो, ताेलाकाे कति ?

-



     सफल आवाज    
     पौष १३ गते २०७७ मा प्रकाशित



काठमाडाैं, १३ पुस । आज सुनको मूल्य रु ७०० ले उकालो लागेको छ । शुक्रबारदेखि स्थिर रहेकाे सुनकाे मूल्यमा आज एकैदिन प्रतिताेला रू ७०० ले वृद्धि भएकाे नेपाल सुनाचाँदी व्यवसायी महासंघले बताएकाे छ ।

महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार २०० रहेकाेमा आज प्रतितोला रु ९४ हजार ९०० मा काराेबार भएकाे छ । तेजाबी सुन आइतबार प्रतितोला रु ९३ हजार ७०० रहेकामा आज रु ७०० ले वृद्धि भई रु ९४ हजार ४०० मा कारोवार भएको छ ।

चाँदी आज प्रतितोला रु एक हजार ३१५ मा कारोवार भएको छ । चाँदी आइतबार रु एक हजार २८० मा कारोवार भएको थियो । चाँदीमा ३५ रूपैयाँ वृद्धि भएकाे छ ।