सेन्ट्रल फाइनान्सले १० प्रतिशत लाभांश दिने, वोनस कति ?

-



     सफल आवाज    
     पौष १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ पुस । सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। पुस १२ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

यस अनुसार फाइनान्सले ५ करोड ७६ लाख ३७ हजार ८५० रुपैयाँ १३ पैसा बराबरको बोनस शेयर र २ करोड ४७ लाख १ हजार ९३५ रुपैयाँ ७७ पैसा बराबरको नगद लाभांश वितरण गर्नेछ।