पोखरा उद्योग वाणिज्य संघमा कोइराला नेतृत्वको प्यानल

-



     सफल आवाज    
     पौष १३ गते २०७७ मा प्रकाशित



पोखरा, १३ पुस । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औं महाधिवेशनका लागि नारायण कोइराला नेतृत्वको प्यानल घोषणा गरिएको छ ।

प्यानलमा वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति, उपाध्यक्ष (वाणिज्य) अर्जुन पोखरेल, उपाध्यक्ष (उद्योग) चीनुकुमारी गुरुङ, महासचिव सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्ष बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्री छन् ।

कार्यकारिणी सदस्य पदमा कुमारी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लव त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी, सुदनबहादुर कोइराला छन् ।

यस्तै, एशोसिएट सदस्यमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी उम्मेदवार छन् । औद्योगिकतर्फ सदस्य घोषणा हुन बाँकी छ ।

संघका आगामी पुस २४ र २५ गते महाधिवेशन हुन लागेको हो ।