नेपाल बैंकर्स संघको उपाध्यक्षमा उपाध्याय,सदस्यमा कोइराला र डे निर्विरोध निर्वाचित

-



     सफल आवाज    
     पौष १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ पुस । नेपाल बैंकर्स संघको रिक्त रहेको उपाध्यक्ष पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय निर्विरोध चयन भएका छन् ।

नेपाल एसबीआई बैंकबाट अनुकुल भटनागर बाहिरिएपछि उपाध्यक्षकाे पद खालि रहेको थियो । संघका कार्यरत बैैंकर मात्र रहन पाउने संघको विधान बमोजिम खालि रहेको स्थानमा उपाध्यायलाई निर्विरोध चयन गरिएको हो ।

संघमा खाली रहेका अन्य दुई सदस्य पनि चयन भएका छन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नेपाल एसबीआइ बैंकका प्रमुख कार्यकारी अधिकृत दीप कुमार डे लाई सदस्यमा निर्विरोध चयन गरिएको हो । माछापुच्छ्रे बैंकबाट सुमन शर्मा तथा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको कार्यकाल सकिएपछि डे र कोइरालालाई सदस्य चयन गरिएको हो ।

माछापुच्छ्रे बैंकका प्रमुख सूचना अधिकारी माधव सुवेदीले संघमा रिक्त रहेका पदाधिकारी चयन सकिएकाे र घाेषणा गर्न बाँकी रहेकाे सफल आवाजलाई बताए । सुवेदीले प्रमुख कार्यकारी अधिकृत सन्ताेष काेइराला सदस्यमा र अन्य निर्विराेध चयन भएकाेमा खुसि व्यक्त गरे ।

निर्विरोध चयन भएका उपाध्यक्ष तथा सदस्यहरुको औपाचारिक घोषणा मंगलबार आयोजना गरिने साधारण सभामा हुने भएको छ ।