बैंकमा बढ्न थाल्यो कर्जाको माग, दैनिक २ अर्ब भन्दा धेरै लगानी

-



     सफल आवाज    
     पौष १४ गते २०७७ मा प्रकाशित



काठमाडौं, १४ पुस। कर्जाको माग अत्याधिक बढ्न थालेको छ । कोरोनाका कारण लामो समय कर्जाको माग आउन सकेको थिएन । तर पछिल्लो २ महिना यता कर्जाको माग निरन्तर बढिरहेको नेपाल बैंकर्स संघले बताएको छ ।

संघले दिएको जानकारी अनुसार पछिल्लो एक सातामा प्रतिदिन २ अर्ब रुपैयाँ भन्दा धेरै कर्जा लगानी भएको छ । निक्षेपको मात्रा भने त्यो भन्दा कम भएको संघले जनाएको छ ।

पुस ३ गतेसम्म वाणिज्य बैंकहरुले ३१ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसको एक साताबीचमा अर्थात् पुस १० गतेसम्म बैंकहरुले १७ अर्ब रुपैयाँले कर्जा बढाएर ३१ खर्ब ४० अर्ब रुपैयाँ पुर्याएका हुन् । सो अवधिमा बैंकहरुको निक्षेप संकलन भने १२ अर्ब रुपैयाँले मात्र बढेको छ ।