
काठमाडाैं, १४ पुस । आज सुन प्रतितोला रु ८०० ले ओरालो लागेको छ । सोमबार प्रतितोला रु ७०० ले बढेकाे सुनको मूल्य आज पुनः घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ९४ हजार १०० मा कारोवार भएकाे छ । सोमबार छापावाला सुन प्रतितोला रु ९४ हजार ९०० मा कारोवार भएको थियो ।

महासंघका अनुसार साेमबार तेजाबी सुन प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएकाेमा आज प्रतितोला रु ९३ हजार ६०० मा काराेबार भएकाे छ । तेजाबी सुन पनि प्रतितोला रु ८०० घटेको छ ।
चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ । सोमबार प्रतितोला रु एक हजार ३१५ मा कारोवार भएको चाँदी आज एक हजार ३०० मा काराेबार भएको छ ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती… 



