
काठमाडौं, १४ पुस । मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ५.५७ अंकले बढेर दुई हजार १२ दशमलब ८९ विन्दुमा पुगेको छ भने ४ अर्ब ९ करोड २२ लाख २७ हजार ८०२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ८ वटा समूह घटेका छन् भने ४ वटा समूह बढेका छन् । समग्रमा बजार बढे पनि धेरै जसो कम्पनीहरुको भने सेयर मूल्य घटेको छ । उत्पादमूलक, लघुवित्त, निर्जिवन बिमा समूह र अन्य समूहमा रहेका कम्पनीहरु उकालो लागेका छन् भने नेप्सेमा रहेका बाँकी सबै सव–इन्डेक्स घटेर राताम्मे देखिएको छ ।
बैंकिङ ९.७० अंकले ओरालो लागेको छ भने विकास बैंक १८.९५ अंकले ओरालो लागेको छ । यसैगरी व्यापार ३.२२, होटल ४.५४, जलविद्युत १८.७२ र फाइनान्स २.१५ अंकले घटेको छ ।
कारोबार रकम ४ अर्बमा सिमित भएको छ । दिनभर भएका २०९ कम्पनीका ३७ हजार ९१६ कारोबारबाट ८० लाख १ हजार ३१४ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब ९ करोड २२ लाख २७ हजार ८०३ रुपैयाँ पुगेको छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



