सर्वोत्तम सिमेन्टले बोलायो साधारण सभा,शेयर निष्काशन गर्ने

-



     सफल आवाज    
     पौष १५ गते २०७७ मा प्रकाशित



काठमाडौं, पुस १५ । सर्वोत्तम सिमेन्ट लिमिटेडले माघको ६ गते साधारण सभा बोलाएको छ । सभामा साधारण शेयर (आइपीओ) निष्काशन लगायतका एजेण्डाहरुमा छलफल गरी पारित गरिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले माघ ६ गते दोश्रो साधारण सभामा शेयर निष्काशनको प्रस्ताव लैजाने निर्णय गरेको छ ।

कम्पनीको तीनकुनेस्थित न्यौपाने टावरमा बोलाईएको साधारण सभाबाट सञ्चालक समितिको दोश्रो वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/२०७७ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण माथि छलफल गरी पारित गरिने भएको छ ।

यस्तै लेखापरिक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गरिने भएको छ । कम्पनीका अनुसार बहालवाला लेखापरिक्षक सुभाश एण्ड कम्पनी चार्टड एकाउन्टेण्टस् नियुक्तीका लागि योग्य रहेको छ । सभामा विशेष प्रस्तावको रुपामा धितोपत्र बोर्डको प्रारम्भिक सार्वजनिक निष्काशन बुक विल्डिङ्ग विधिबाट गर्ने लगायतका रहेका छन् ।